जगत गुरु महाराज हुनुभएकोमा शिवशक्ति बाबा सम्मानित

प्राचीन कालिन सभ्यताको वैदिक सनातन धर्मको किराँत,मंगोल आदिवासी जनजातिबाट प्रथम दिव्य शक्ति जगत गुरु महाराज हुनुभएकोमा परमपुज्य शिवशक्ति बाबा सम्मानित हुनुभएको छ । उहाँ जन्मशिद्ध दैविक शक्ति प्राप्त बाबा हुनुहुन्छ । उहाँलाई एक कार्यक्रम बिच विश्व बैदिक शक्ति महारत्न अवार्ड र नेपाल कर्म श्री अवार्डबाट सम्मान गरिएको छ । उहाँले २०२५ महानार्थ डक्टरेज एवं राष्ट्रिय अन्र्तराष्ट्रिय सम्मान साथै बिभिन्न अवार्डहरुद्धारा बिभूषित र सम्मानीत हुनु भएको अवसरमा एक कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना प्रदान गरिएको छ । सो कुराको जानकारी यही २०८२ कार्तिक १२ गते आयोजक शिवशक्ति बाबाधाम सनातन संरक्षण समिति सचिवालय लेटाङ नपा ९ मोरङले काठमाडौंको रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

उक्त पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रमको संयोजन समाजसेवी सानु पुर्वछाने मगरले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका संयोजक सानु पुर्वछाने मगरले शिवशक्ति बाबालाई दिव्यशक्ति प्राप्त भएको र उहाँ प्रथम दिव्य शक्ति प्राप्त जगत गुरु महाराज हुनुभएको बताउँदै उहाँले तान्त्रिक बिधिबाट धेरै बिरामीको उपचार गर्नुभएको बताउनु भयो । बिरामीहरुको अस्पतालमा उपचार गरेर रोग निको नभएपछि गुरुकहाँ जाँदा गुरुले तान्त्रिक बिधिद्धारा उपचार गराई सञ्चो बनाउने गरेको पनि उहाँले बताउनु भयो । । सोही कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक शिवशक्ति बाबाधाम सनातन संरक्षण समिति सचिवालय लेटाङका सचिव एवं प्रवक्ता बासुदेव सिञ्जाली मगरले शिबशक्ति बाबाले प्यारालाईसिस भएका बिरामीलाई हातले छुदासाथ प्यारालाईसिस ठिक हुने बताउनुभयो ।

त्यसैगरी शिबशक्ति बाबाले दिव्यशक्तिबाट छारे रोग, सम्बन्ध बिग्रेको बास्तुदोष लागेको पनि निको पार्ने बताउनु भयो । उहाँले राजनेताहरुले मुलुकलाई रुपान्तरण गर्न नसकेकोले अब धार्मिक गुरु र मठाधिशहरुले चुप लागेर बस्न नहुने समेत बताउनुभयो । प्रवक्ता बासुदेवले यवराज आचार्यले सुरु गरेको सनातनी अभियानमा सहयोग गर्ने पनि आग्रह गर्नु भयो । कार्यक्रममा मोहनीराजा,बिक्रम राई लगायतले पनि सम्बोधन गर्नु भएको थियो । सोही कार्यक्रममा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईटेलले धर्म ,सस्कृति बचाउन वैदिक सनातनि देश बनाउन सबै मिलेर लाग्नु पर्ने बताउनुभयो ।

उहाँले अहिलेको सरकारले जेनजी आन्दोलनको भावना अनुरुप काम गर्न नसक्ने समेत बताउनु भयो । कार्यक्रममा केपी सम्राटले अब सनातनी राष्ट्र बनाउन घर घरबाट माताहरु उठेर सनातनी यात्रामा सहभागि हुन्ु पर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि यबराज अचार्यले यदि सवपक्षीय सर्वदलीय सरकार गठन गरी २०७२ को संविधान संशोधन गरेर प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र घोषणा भएन भने सहीदको विरता र बलिदानीको रंग नेपालको राष्ट्रिय रंग सिम्रीक भएझै नेपाली विरगना नारीको सिउंदो मर्म रक्षाका लागि शक्तिपीठहरुले सम्पन्न राष्ट्रको तर्फबाट सनातन सिदुर अप्रेसन शुरु गरिने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा सम्मानीत ब्यत्तित्व ,शिवशक्तिधामका पिठाधीश शिवशक्ति बाबाले आफ्ले शिबबाट शक्ति पाएको र त्यो दिब्य शक्ति बिरामीको उपचार गर्न प्रयोग गर्दै आएको बताउनु भयो । त्यस्तै दुर्गाकालीमाता सपना खड्गीले आफुले बिहान देखि बेलुका सम्म बिरामीको उपचार गरेर मानब तथा समाजको सेवा गरेको र जस्तो सुकै बिमार तान्त्रीक शक्तिबाट निको पार्ने दाबी गर्नुभयो ।