प्रचण्डसँग कुरा नमिलेपछि पार्टी पुनर्गठन गर्ने तयारीमा भुसाल

 

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्यामबिच छलफल भएको छ । प्रचण्ड निवासमा सोमबार बिहान भएको छलफल भएपनि एकतामा सहभागी हुनेबारे कुरा नमिलेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार भुसालले पहिला पुनर्गठन गरी एकता गर्ने प्रस्ताव राखेका थिए । तर जवाफमा प्रचण्डले ‘पहिला एकता गरौँ त्यसपछि पुनर्गठन हुँदै जाने’ भनेपछि भुसाल बाहिरिएका थिए ।

‘पार्टी पुनर्गठनका लागि तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारे प्रचण्डसँग छलफल भएको थियो । तर उहाँ पुनर्गठनका लागि तयार हुनुभएन । त्यसैले अब कुरा मिलेन’, उनले भने, ‘अहिले तपाईँहरू एकतामा सहभागी हुनुहोस् । प्रचण्डसँग कुरा नमिलेपछि भुसालले पार्टी पुनर्गठन गर्ने तयारीमा जुटेका छन् ।