एमालेले बोलायो विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक

नेकपा (एमाले)ले विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आगामी २ मंसिरका लागि बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा मुलुकमा विकसित राजनीतिक परिस्थिति र संवैधानिक निकायका लागि निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल हुने बर्तौलाले जानकारी दिए । जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको छ । एमालेले भने संसद पुनर्स्थापनाको मुद्दालाई अगाडि बढाएको छ ।