टिकटकले परिवारलाई आफ्ना किशोरकिशोरीहरूले यो एप सुरक्षितपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलको सेट नै सार्वजनिक गरेको छ ।
‘फ्यामिली पेयारिंग फिचर’ सुरू गरिसकेको उक्त एपले परिवार सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचर उपलब्ध गराएको छ । उक्त फिचरमार्फत अभिभावकले आफ्ना किशोर–किशोरीका लागि स्क्रीन–टाइम म्यानेजमेन्ट टुल्स प्रयोग गरी टाइम लिमिट सेट गर्न सक्ने भएका छन् । उनीहरूले दैनिक स्क्रीन–टाइम लिमिट राख्न र सेड्युल ब्रेक राख्न सक्छन् । साथै डाइरेक्ट मेसेजिङ, भिडियोमा कमेन्ट, एकाउन्ट खोज्न मिल्ने वा नमिल्ने र कसले भिडियो डाउनलोड गर्न पाउने जस्ता सेटिङहरू नियन्त्रण गर्न सक्छन् ।
उक्त फिचरअनुसा, १६ वर्ष वा सोभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्टमा डाइरेक्ट मेसेजिंग स्वतः बन्द हुन्छ, अनि राति पुश नोटिफिकेसन पनि म्यूट हुन्छ ।टिकटकले उमेरअनुसार उपयुक्त हुने कन्टेन्ट मात्र देखाउने फीडको व्यवस्था गरेको जनाएको छ । १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ६० मिनेटको स्क्रीन-टाइम लिमिट पनि डिफल्ट रूपमा सेट हुन्छ । यस प्रणालीले किशोरका लागि अनुपयुक्त मानिएका कन्टेन्ट छानेर हटाउँछ र प्रयोगकर्ता सही उमेर समूहमा छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रविधिको प्रयोग गर्छ ।अभिभावकले बच्चाको प्राइभेसी सेटिङ हेर्न सक्छन् ।
बच्चाले पब्लिक भिडियो पोस्ट गरेमा नोटिफिकेसन पनि पाउँछन् । यी टुलले अनलाइन व्यवहार, स्वस्थ स्क्रीन–टाइम र उनीहरूले हेरेको कन्टेन्टको उपयुक्तताबारे परिवारबीच संवाद बढाउन मद्दत गर्छ ।‘यी टुल केवल प्यारेन्टल कन्ट्रोलका लागि होइनन्, बरू किशोर–किशोरीले अनुशासित र जिम्मेवार डिजिटल बानीको विकास गर्न परिवारसँग संवाद सुरु गर्ने माध्यम हुन्’ टिकटकले भनेको छ ।


















