संघियताको मधेशमा ३ वर्षमा ४ मुख्य मन्त्री र होटलमा शपथको नाटक मन्चन, राजनीतिको यो भद्दा चरित्र संसारकै नमूना भएको छ हामीकहाँ । विकसित देशमा राजनीतिले देश बनाएको छ, यहाँ बिगारेको छ । नेपालमा राजनीति भन्नु अतिवादी रोग भएको छ, निको नहुने रोग, सरुवा रोग, घातक रोग जे नाम पनि दिँदा हुन्छ । साँढे तीन दशकको राजनैतिक रोगले देश थला परेको छ । सिँहदरबार र कुनै केन्द्रीय प्रशासनिक खम्बाहरु जोगाउन नसक्ने र दर्जनौँ निहत्था बालबालिकाहरु पनि जोगाउन नसक्ने लोभतन्त्र रह्यो देशमा ।
कर्मचारी लगायत सबै पेशाकर्मीहरुलाई पनि यही रोगले सतायो । भर्खरै एक मन्त्रालयमा ढिँडो हुँडल्दै गरिरहेका मन्त्रीले एक निर्देशन जारी गरेका छन् कि अबदेखि कुनै शिक्षक, प्राध्यापक लगायत कर्मचारीलाई राजनीति निषेध छ । शुद्ध पेशागत काम बाहेक नानाथरी भ्रातृ संगठनको दल भक्ति गरेको पाइए सेवाबाट वर्खास्त सम्म गर्न सकिने आदेश जारी गरेका छन् उनले । यो आदेश नयाँ त होइन, यसअघि पनि एक शिक्षा मन्त्रीले यस्तै आदेश जारी गरेका थिए, कार्यान्वयन हुन नपाउँदै मन्त्रीको जागिर गयो, त्यतिबेला सिँहदरबारमा सिँहहरु नै थिए, अहिले पनि गुण्डुबाट यसको प्रतिरोध गरिँदैछ । अहिले सिँह ढलेकाले पुरानै स्थल केशर महलतिर सरेको छ शिक्षा मन्त्रालय । मन्त्रीजी त्यहीँ बसेर ढिँडो हुँडल्दैछन्, नेपालीको औकात यही हो खासमा, न कि जिमखाना सहितको भैँसेपाटी दरबार । सामान्य पुल्चोक दरबार सम्म ठीकै थियो, मन्त्रीहरु प्राय एकै स्थानमा भेटिन्थे पहिले । उग्रवादी दलहरु आए, पुरानो मन्त्री आबास मात्रै सारेनन् भैँसेपाटी आलिशान महल पनि जोगाउन सकेनन्,। नेपालीहरुलाई ऋण लगाएर भवन ठड्याए, कमिसनमा परेर भवनहरु त ढालिहाले, अहिले करिव सिँह दरबार त्रिपालमुनि छ, नामै नेपाल, त्रिपाल, जय नेपाल । जय नेपाल भन्नेहरुले अहिले ३ दिनसम्म आप्mनो झण्डा झुकाएका छन् इँटा भट्टामा इँटको साटो मान्छे जलाउनेको मृत्यु हुँदा, तर सय्याँै निहत्थाहरु जल्दा तिनका झण्डा झुकेनन् । लोकतन्त्र प्राप्तिको सानदार फलिफाप नै यही भइरहेको छ विगतदेखि नै ।
निजामति कर्मचारीमा थरिथरीका संघ संगठनहरु छन्, तिनले राज्यबाट सुविधा लिएका छन् तर काम भने दलको गरिरहेका छन् । वास्तवमा टृेड युनियनहरुको काम विशुद्ध पेशागत हक, हितका लागि गोलवन्द हुने हो । अहिले लोकतन्त्रले छूट दिएको छ, दल र गुट अनि उपगुट पिच्छेका युनियनहरु खोल्ने र सबै कार्यालयहरुमा तिनको उपस्थिति दर्शाउने, सिफारिश गर्ने, मालदार कार्यालयहरु ताक्ने, कुरौटे भएर ढोका ढोका धाउने अनि आप्mनो नपर्नासाथ सरुवा बा अतिरिक्तमा ठेलिदिने काम छ तिनको । यहाँसम्म कि खरिदार सुब्बाले सचिवहरुलाई सरुवा गरिदियो, अतिरिक्तमा थन्क्याइदियो । त्यसैले सुब्बा खरिदारलाई सु ख का दिन भनियो । तिनको चाकरी पुगेन भने जागिर चट् सम्मको अबस्था आयो । पछिल्लो समय सिँहदरबार ढल्नु केही दिन अघि मात्र कर्मचारी सरुवा गरिए, दिन तोकेरै, रमाना लिइ हाल्नू भनेर, सामान्य प्रशासनमा एक महिला मन्त्री थिइन् । इतिहासमै पहिलोपल्ट सबै पालिकाहरुका प्मुख प्रशासकीय अधिकृतहरुको दरबन्दी पूर्ति भयो भनेर छापाहरुमा खूव पढियो । लगत्तै जेन्जी आन्दोलन, बस्, त्यो सरुवा कार्यान्वयन अहिले पनि भएको छैन, हुने कुरो पनि भएन, सिँहदरबारको त्यो मन्त्रालयको अविगत खरानी जस्तै छ ।
दलहरुले सबैलाई उत्ताउलो संरक्षण दिए कर्मचारीलाई मात्रै होइन, उद्यमी, व्यापारी, शिक्षक, प्राद्यापक भनौँ सबैलाई र अहिले जिल्लाराम छन्, राजदूतहरु, चिकत्सक देखि व्यवसायीहरु समेत । ह्ययाट, हिल्टन होटलका व्यापारी मात्रै परेनन् भाटभटेनी, चौधरी समूह के के, को को परे राजनीतिको प्रभावमा दवावमा । अब साँच्चै दल निर्दल भई पेशागत कर्मचारीहरुले मात्र काम गर्ने वातावरण बन्यो भने तिनको लगानी पनि खेर जाने देखिन्छ, धन, मन, तन, समय तिनको धेरै लगानी खेर जानेछ र त मरिहत्ते गरेर संसद पुनस्र्थापन गर्न माग भइरहेको छ । शुरुमा साँसदहरुले पुनस्र्थापनको प्रयास गरेनन् पछि अदालतले सोध्न थालेपछि च्याँखे दाउ हान्दै यसको पुनर्जीवनका लागि हस्ताक्षर अभियानमा लागि परेका छन् । सच्चिने बा सक्किने छान्नूस् भनिएको हो उनासीमै तर सच्चिने प्रयत्न भएन अब करिव सक्किने अबस्था छ तर ब्यूँतने आशामा रहेका पनि छन् केहीहरु । भुटानमा केही योग्यता छ रुल मेकरका लागि र मलेसियामा पनि, भारतमा कति विज्ञहरु नै छन् साँसद, मन्त्रीहरु तर यहाँ ल्याप्चे र आठपासे भए धेरै र देशलाई खाल्टोमा हाले, उत्रने सम्भावना कम छ, जताततै घेरावन्दी छः ऋणको, मन्दीको, विचौलियाहरु अभैm जीवित छन् ।
बालेनलाई विवादमा तानिएको छ, झाराटराइको सरकारलाई आइ एन जि ओ को भनिँदैछ र प्रहरीतिर छानबीनको तीर सोझिन खोज्दा आइ जि ले भनेका छन् सुरक्षा संयन्त्र नै किन चाहियो र । बालुवाटार र नक्साल अब कार्कीमय भएकाले सुरक्षा प्रणाली राम्रो होला कि आशासम्म गरौँ भरोसा त खोइ । बन्चरे डाँडो र सिस्डोलले केही समय आराम पाएको थियो, पेरि बल्झिएको छ र नानाथरीको माग आएको छ, उता मेलम्चीमा दुहाइदिनेहरुको कमी छैन, मुहानमा तालाबन्दी भनिएको छ । यी सबै राजनीतिको, लोकतन्त्रका अवशेषहरु हुन् । बीमादेखि, विद्यार्थी छात्रवृत्तिसम्म र बाटो निर्माणदेखि मुआब्जासम्म र रोजगारीदेखि अनेकौँ शीर्षकमा काठमाडौँ महानगरपालिकाले बन्चरेडाँडामा लगानी गर्दा पनि पुगेको छैन, फेरि अबरोध आएको छ । अतितमा फोहरमा राजनीति अलि बढी नै भएको थियो, निरन्तर । भिना बालुवाटार र् विजुली र महानगरमा सालाहरु रहने देश हो हाम्रो । अहिले पनि विद्युत् बक्यौताको पहिलो किस्ता सम्म तिर्नु भन्दा विवादास्पाद एक किस्ता भनी तिर्ने र यसका लागि बिरोधको बाटो बन्द नगर्ने भनिएको र बेलाबेला बालुवटार पुगी माताजीलाई थाल खानु न भात खानु गराइएको अबस्था छ र हेरिदिनु, मिलाइदिनु भन्ने सम्मका ऊर्दीहरु जारी भइसकेको अबस्था छ, ओलीबा, देउबाको भन्दा माताजीको टोनमा खासै पृथकता देखिएको छैन, मुख्य पात्र मन्बी हुँदा पनि स्टेप नाघेर बालुवाटार पुगेका छन् व्यवसायीहरु । धेरैले भन्ने गरेका छन् पिता सरकार र माता सरकारमा भिन्नता भएन ।
यत्रा वर्ष देश लुटेर पुगेन, फेरि लुट्ने दाउमै छन् राजनीतिकर्मीहरु, यसकारण पनि कि नयाँ सरकारले केही गरेन, अल्मल्याउने काम बाहेक, इतिहासमा नाम मात्रै लेखाउने र देखाउने काम केही नभएको आभास हुँदैछ, गृह र प्रधानमन्त्रीको । स्वागत नेपालहरुलाई प्रहरी सोधपूछमा राखिएको छ भने रविहरु उही हालतमा छन् । प्रसाइँहरु त हिरासतमै रहेका छन्, हर्कहरु उफ्रने मात्रै भए, देशले निकास, विकास पाएको छैन, जेन्जीहरुमा फुटाउ अभियान छ, राजवादीहरुको जुलुस निरन्तर छ, किन सरकार सर्वपक्षीय गोलमेच गर्ने मूडमा छैन, सबै कामका लागि विदशी फोन आउने गर्नु राम्रो हुन्न, स्वदेशीले नै देशको निकास दिनुपर्ने हुन्छ, देश बनाउने यहीँकाले हो परदेशीले हुँदे होइन । अति राजनीति कतै पनि सुहाउँदैन, यो रोगबाट उन्मुक्ति जरुरी छ शुद्ध पेशाकर्मीहरु हुनु जरुरी छ देशमा, राजनीति गर्नेहरुले अरु काम गर्नु हुन्न, अरु गर्नेले राजनीति । लाखौँ उपभोक्ताको राजधानीबासीको पानीको मुहान थुन्ने शैलि गलत हो, अपराध र कुकर्म हो, भत्र्सना गरिनु पर्छ ।


















