निर्वाचन सुरक्षाबारे गृहमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

संसदीय समितिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री अर्यालसँग समसामयिक विषयमा छलफल राखेको हो ।

बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ । समिति सचिवालयका अनुसार निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था, अन्तरजिल्ला मतदान जस्ता विषयमा समितिमा गृहमन्त्रीसँग छलफल हुनेछ ।