एक तोला सुनको मूल्य २ लाख ६० हजार ४ सय

साताको कारोबारको पाचौं दिन आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी पनि तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ ।