नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओली आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेल भन्दा ३१२ मतले अगाडि रहेका छन् । अध्यक्षका उम्मेदवार ओलीले ४८९ मत ल्याउँदा पोखरेलले १७७ मत ल्याएका छन्।


















