सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

१७ पुस, विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर विजय साहको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय साहको मृत्यु भएको हो ।

बुधबार राति करिब सवा एक बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सो घटना भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा हुन ।
साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रदर्शन गरिरहेका छन् ।

साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।
मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन् ।

शशस्त्र प्रहरीले भने तस्करको समूहकसँग दोहोर गोली हानाहान भएको र त्यसक्रममा एक जनाको मृत्यु भएको दाबी गरका छ े ।