भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेको दाबी गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले योजनाबद्ध ढंगले भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गरी देशबाहिर ल्याइएको बताएका हुन्।
उनले मदुरोको पक्राउ गर्न सेनाको तारिफ गरेका छन्।
द न्युयोर्क टाइम्ससँगको संक्षिप्त कुराकानीमा ट्रम्पले भेनेजुएलामा सफलतापूर्वक हमला गरी मदुरोलाई पक्राउ गर्न सफल प्रहरीको तारिफ गरेका हुन्।
‘धेरै राम्रो योजना र धेरै महान सेना,’ उनले भने, ‘वास्तवमा यो एक सानदार अपरेसन थियो,’ उनले भने।
ट्रम्पले यसबारेमा विस्तृत जानकारीका लागि आजै स्थानीय समयअनुसार शनिबार बिहान ११ बजे आफ्नो निवास मार-ए-लागोमा पत्रकार सम्मेलन आयोजना गरिएको बताए।
न्युयोर्कबाट प्रकाशित हुने सिबिएस न्युजले मदुरोलाई अमेरिकी सेनाको विशेष युनिट डेल्टा फोर्सले मदुरोलाई पक्राउ गरेको बताएको छ।

















