सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको हो। दुर्गा प्रसाईका हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीलगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
प्रसाईले केही समयअघि जेनजी सहिदकी आमासमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खड्कालाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए। उक्त विषय रचनाले संसद्मा समेत उठाएकी थिइन्। खड्काको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो।


















