२१ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला मूल्य २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।