बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन साहका सहयोगी दिनेश सिटौला बेहोस भएका छन् । उनी अछाममा बेहोस भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर अछाम ल्याइएको छ ।

अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँग रहेका सिटौला एक्कासि शुक्रबार बिहान बेहोस भएका हुन् । उनको होस खुलेको छैन् ।