skip this वडा नं १६ बालाजु च:मती

स्याङ्जा पुगेर रविले भनेः यसपटक हामीलाई पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी माहोल बुझ्न स्याङ्जा पुगेका छन् । त्यहाँका कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन ‘नयाँ विकल्प’को परीक्षा भएको बताए ।

‘स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ,’ स्याङ्जा आउनुको कारण सुनाउँदै लामिछानेले भने, ‘यसपटक हामीलाई पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस् ।’चुनावी अभियानअन्तर्गत जनमत बुझ्ने क्रममा लामिछानेले बिहीबार कुभिण्डेदेखि चापाकोटसम्मका १९ स्थानमा पुगेर भेटघाट गरेका छन् ।

उनले स्याङ्जा सदरमुकाममा आयोजित भेलालाई पनि सम्बोधन गरेका छन् ।उनका भनाइमा, आगामी पाँच वर्ष देशको दिशानिर्देश तय गर्ने समय भएकाले सोचेर निर्णय गर्न मतदातालाई आह्वान गरे ।