मौन अवधिमा आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको अनुराेध

प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिता पालना गर्न सबैमा अपिल गरेको छ । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले एक सूचना जारी गर्दै यस्तो अपिल गरेका हुन् । काउन्सिलले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा मौन अवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको हो ।

काउन्सिलले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित प्रचार सामग्री, सभा सम्मेलनका समाचार, तस्बिर, चुनाव चिन्ह अंकित सामग्री, श्रव्यदृश्य सामग्रीलगायत कुनै पनि किसिमका प्रचारात्मक विषयवस्तु प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ ।

काउन्सिलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल तथा उम्मेदवारले प्रचार गर्न पाउने समय आज राति १२ बजेसम्म मात्र रहेको र त्यसपछि मौन अवधि सुरु हुने जनाएको छ ।

Press-counsil-1772466433.jpg