skip this वडा नं १६ बालाजु च:मती

गगन थापाको राजीनामा विकल्प हाेइनः सहमहामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले निर्वाचन हारबारे आत्मालोचनासहित स्वीकार गर्ने तर पार्टी सभापति गगन थापा को राजीनामा अहिले विकल्प नभएको स्पष्ट पारेकी छन् ।

आज राष्ट्रिय प्रेस क्लब मा आयोजित अन्तरक्रियामा उनले यस्तो बताएकी हुन् । उनले भनेकी छन्,‘हामी जनतामा आत्मालोचना गरेर जान तयार छौँ। राजीनामा अहिलेको विकल्प होइन ।” उनले पार्टीको छोटो समयमै आएको पराजयको जिम्मेवारी सभापति थापाको टिमले लिने पनि बताइन् । संग्रौलाले सभापति थापा व्यक्ति नभई संस्था भएको र नियमित महाधिवेशनबाट नभई विशेष प्रक्रियाबाट आएका कारण अहिले पद त्यागको विकल्प नभएको बताइन्। उनले निर्वाचनमा पार्टी संरचना, सदस्य सक्रियता र उम्मेदवारले भोगेका चुनौतीहरूलाई समेत मूल्याङ्कन गरिने उल्लेख गरिन् ।

सहमहामन्त्री संग्रौलाले कांग्रेसले रास्वपाको सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको र लोकतन्त्रमा हार–जित दुवै स्वीकार्य भएको पनि औंल्याइन्।