आजका लागि कृषिउपजको थोक मूल्य

= कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ८०, गोलभेँडा सानो लोकल प्रतिकिलो रु ४५, गोलभेँडा सानो भारतीय प्रतिकिलो रु ४८, गोलभेँडा सानो तराई प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २२, आलु रातो भारतीय प्रतिकिलो रु २४ र प्याज सुकेको भारतीय प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर लोकल प्रतिकिलो रु ३५, गाजर तराई प्रतिकिलो रु ४०, बन्दा लोकल प्रतिकिलो रु ३०, बन्दा नरिबल प्रतिकिलो रु २०, बन्दा तराई प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु २५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला लोकल प्रतिकिलो रु १५, सेतो मूला हाइब्रिड प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ३५, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ७०, च्याउ कन्य प्रतिकिलो रु १५०, च्याउ डल्ले प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ३५, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ४०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु १६०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ ।