ज्योतिषीय दृष्टीकोणबाट हेर्दा २०८३ सालमा नेपालको ग्रह दशा कस्तो छ ?
ज्योतिषीय दृष्टिकोणबाट हेर्दा २०८३ सालमा नेपालको ग्रह दशा मिश्रित देखिन्छ। केही पक्षहरू सुखद छन् भने केही पक्ष चुनौतीपूर्ण पनि छन्। यस वर्ष “रौद्रनाम संवत्सर” परेको छ। नेपालको जगल्लग्न कुण्डलीलाई आधार मानेर विश्लेषण गर्दा मीन लग्नमा सूर्य, चन्द्र, शुक्र र शनि रहेका छन्। चतुर्थ भावमा बृहस्पति, षष्ठ भावमा केतु र द्वादश भावमा मंगल, बुध र राहु रहेका छन्।केन्द्रमा बृहस्पति रहेको हुँदा समग्रमा यो वर्ष केही सुखद र केही दुःखद परिस्थिति सिर्जना हुने देखिन्छ।
सकारात्मक पक्ष बढी छ कि नकारात्मक पक्ष बढी छ ?
सकारात्मक पक्ष नै बढी देखिन्छ, किनकि केन्द्रमा बृहस्पति रहेको छ। वर्ष लग्न कुण्डली र जगल्लग्न दुवैको समग्र विश्लेषण गर्दा सकारात्मक प्रभाव देखिन्छ।
यद्यपि, केही चुनौतीहरू र द्वन्द्वहरू पनि आउने सम्भावना छन्। त्यसलाई संयमित भएर सामना गर्नुपर्ने देखिन्छ।श्रावण २४ गते बृहस्पति पूर्वमा उदय हुन्छ भने असोज २८ गते बुधबार शुक्र पश्चिममा अस्त हुन्छ। यी ग्रहहरूको प्रभावले वर्षा आदिका कारण धनजनको क्षति हुन सक्ने सम्भावना छ।कूटनीतिक क्षेत्रमा पनि सोचविचार गरेर काम गर्नुपर्ने देखिन्छ। अन्तर्राष्ट्रिय कारणले मूल्यवृद्धि हुन सक्छ। तर कृषि क्षेत्रमा भने राम्रो फल पाइने संकेत देखिन्छ।
जगल्लग्नमा बाह्रौ भावमा बृहस्पति छ । त्यसैले संयमिता र सल्लाह गरेर राज्य चलाउनु पर्दछ । रसेशमा सुर्य छ तेल बस्त्र आदिमा मुल्य बृद्धी हुने देखिन्छ । धन्येशमा बुध छ शुभफल प्राप्त हुन्छ । सस्येश पदमा शुक्रको कारणले गर्दा कृषीमा राम्रै हुने छ । फलेशमा चन्द्रमा छ यसले राम्रो गर्ने छ । दुर्गेश चन्द्र भएकोले न्याक्षेत्रमा सुधार आउने छ ।
२०८३ मा राजनीतिक स्थायित्व हुन्छ कि हुँदैन ?
देशमा राजनीतिक स्थायित्व हुने सम्भावना देखिन्छ र केही नयाँपन पनि आउन सक्छ। वर्ष लग्न र जगल्लग्नको समग्र फल सकारात्मक छ। नकारात्मक पक्ष कम छन ।तर शासक वर्गले संयमित भएर काम गर्नुपर्ने आवश्यकता छ। । जगल्लग्नमा सुर्य र शुक्र छ जसले गर्दा संयम नभए बाधा हुन सक्छ । जगल्लग्नमा द्धावादश स्थानमा बृहस्पति छ । यस्तो अवस्थामा यदि सल्लाह बिना एकल रूपमा निर्णय लिइयो भने समस्या आउन सक्छ। त्यसैले सहकार्य र परामर्शको आधारमा राज्य सञ्चालन गर्नु उपयुक्त हुन्छ। ।सल्ला नगरि आफ्नै पाराले चलेमा गाह्रो हुन्छ ।
समग्र राशिहरूको अवस्था कस्तो छ ?
कुम्भ राशिको साढेसाती अन्त्यतिर छ। मीन राशिको मध्य साढेसाती चलिरहेको छ भने मेष राशिको आद्य साढेसाती सुरु भएको छ।सिंह र धनु राशिमा वर्षभर अढैया शनि रहेकोले सावधानी अपनाउनुपर्ने देखिन्छ र ग्रह शान्ति गर्नु उपयुक्त मानिन्छ।
अब हुनेवाला प्रधानमन्त्री बालेन शाहको ग्रहको अवस्था कस्तो छ ?
सर्वप्रथमत प्रधानमन्त्री हुन लागेकोमा बधाई छ । जहाँ सम्म ग्रहको अवस्था छ ,बालेन शाहको ग्रह अवस्था अत्यन्त बलियो देखिन्छ। उहाँ वृष राशिका हुनुहुन्छ। त्रिभागीमा बृहस्पति र योगिनीमा भद्रिका चलिरहेको छ।उहाँले काठमाडौं महानगरमा राम्रो काम गर्नुभएको छ र आगामी दिनमा अझ बढी मेहनत गर्नुपर्ने देखिन्छ। बृहस्पति र भद्रिकाले सहयोग गर्ने संकेत छ।
तर डेढ–दुई वर्षभित्र पार्टीभित्र र अन्य पक्षबाट चुनौतीहरू आउन सक्छन्। ती चुनौतीहरूलाई संयमित भएर सामना गर्नुपर्ने देखिन्छ। राज्य सञ्चालनमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुन्छ।राज्य सञ्चालन र पार्टी सञ्चालन दुबैमा ध्यान दिए असफल हुने खतरा छ ।त्यसैले राज्य सञ्चालनमा मात्र ध्यान दिनु पर्ने देखिन्छ ।
पुर्व प्रम शेरबहादुर देउवाको २०८३ मा ग्रहको अवस्था कस्तो छ ?
जन्म विवरण अनुसार उहाँको ग्रह अवस्था कमजोर देखिन्छ। उहाँको जन्म २००३ साल जेठ ३१ गते साढे १० बजे डडेलधुरामा भएको देखिन्छ । जेष्ठा नक्षेत्रको नो र बृषीक राशीको आधारमा हेर्दा स्वास्थ्यमा समस्या आउने, विदेश यात्रा गर्नुपर्ने र मानसिक रूपमा वैराग्य आउने संकेत छन्। शनि ग्रह र उल्का चलि रहेको छ । होसियारी अपनाउनु पर्ने देखिन्छ ।
राजनीतिमा सक्रियता घट्न सक्ने र राज्य पक्षबाट दबाब आउने सम्भावना पनि देखिन्छ। शनि ग्रहको शान्ति गर्नु उपयुक्त देखिन्छ। राज्य पक्षबाट धर पकड हुने सम्भावना छ । उहाँले शनि ग्रहको पाठ गर्नु पर्ने देखिन्छ । योगिनीमा उल्का पनि भएकोेले पण्डितहरु राखेर ग्रह शान्ति पाठ गरेमा ठिक हुने छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको ग्रहको अवस्था कस्तो छ ?
के पी ओलीको २००८ साल फागुन ११ गते अपरान्न दुई बजे जन्मलाई आधार मान्दा उहाँको मकर राशि रहेको छ। उहाँको योगिनीमा पिगला छ ,त्रिभागीमा शुक्र दशा छ। मिथुन लग्नको तृतीय भागमा केतु छ । शनि चतुर्थ भागमा गुरु बृहस्पति दशौ स्थानमा छ । राहु बुध र सुर्य नबौ स्थानमा छ । शुक्र चन्द्र अष्ठम र मंगल पञ्चम भागमा रहेको कारणले गर्दा के पीओली बिरामी पर्ने राज्यपक्षबाट धर पकड हुने थुनिने जेल जाने पनि सम्भावना उत्तिकै छ । उहाँ सयमित हुन पर्ने छ ।नत्र थुनिने सम्भावना छ । उहाँको ग्रह खराब भए पनि शेर शहादुर देउवाको जत्तिको खराब छैन ।
तर ग्रह स्थितिअनुसार स्वास्थ्य समस्या, विवाद र राज्य पक्षबाट दबाब आउने सम्भावना देखिन्छ। संयमित नभए कानुनी झमेलामा पर्न सक्ने संकेत पनि देखिन्छ। त्यसैले सतर्क रहनुपर्ने अवस्था छ।
पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व प्रम प्रचण्डको ग्रहको अवस्था कस्तो छ ?
राजा ज्ञानेन्द्रको अवस्था अरुको भन्दा अहिले पनि बलवान छ । बालेन शाहको जस्तो बलियो नभए पनि अन्य नेताहरूको तुलनामा केही राम्रो देखिन्छ।भविष्यमा संवैधानिक राजतन्त्रको सम्भावना छ । राज्यमा उहाँको भूमिका रहने देखिन्छ। यद्यपि ग्रह शान्ति गर्नु उपयुक्त देखिन्छ। मत ज्ञानेन्द्रलाई राजा मान्छु त्यसैले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र सरकार भन्छु ।ज्ञानेन्द्र सरकारको भ्रामरी चलेकोले ग्रह शान्ति गर्नु पर्दछ । कुम्भ लग्नमा चन्द्रमा छ। चतुर्थ भावमा राहु र मंगल छ । राजाको कुण्डलीनिमा राज्य संञ्चालन गर्नेमा राहु मंगल र केतु छ। यो हिसाबले भन्दा महाराजा राजा किन नबन्ने ? नेपालको सन्दर्भमा एक दिन संबैधानिक राजा हुनेमा म पुर्ण बिस्वस्त छु । किनकि राज्य संञ्चालनमा राहु ,मंगल र केतु छ । कुम्भ लग्नमा चन्द्रमा छ। बृहस्पति नवौ भावमा छ । शनि षष्ठ भावमा बसेको छ चतुर्थ भावमा राहु मंगल छ । शुक्र र बुध पंचम भावमा छ । समग्रमा राजाको मध्यम छ । बालेन र महाराजमा समन्वय हुन सक्छ । महाराजको कुम्भ र बालेन बृष राषीको कुरा गर्दा नेपालमा नयाँ कुरा आउने छ ।जसले हिन्द ुराष्ट्र र राजा ल्याउने सम्भावना छ ।
त्यस्तै प्रचण्डको ग्रहको अवस्था कस्तो छ ?
प्रचण्डको ग्रह अवस्था अस्थिर देखिन्छ। आत्मविश्वास घट्ने, चुनौतीहरू बढ्ने र पुराना मुद्दाहरू पुनः उठ्न सक्ने सम्भावना छ।
राजनीतिक तथा व्यक्तिगत रूपमा दबाब आउने अवस्था देखिन्छ। ग्रह शान्ति गर्न सुझाव दिइन्छ। म प्रचण्डलाई भन्न चाहन्छु तपाई ज्योतीषमा बिस्वास गर्नु हुन्न तर ज्योतीषमा बिस्वास गर्नुस । पण्डितहरु राखेर ग्रह शान्ति गर्नुस ।रुद्री र पुटक पाठ लगाउनुस ।
कयौ ज्योतीषले चुनावअघि गरेका ज्योतिषीय भविष्यवाणीहरू मिलेनन नि किन होला ?
धेरैजसो अवस्थामा सस्तो लोकप्रियताका लागि बिना गहिरो विश्लेषण भविष्यवाणी गरिएमा यस्तो हुन्छ।ज्योतिषमा सही फलादेश गर्नः ग्रहको गोचर ,वक्री वा मार्गी अवस्था डिग्री र भावस्थिति आदि सबै कुरा ध्यान दिन आवश्यक हुन्छ। निष्पक्ष भएर विश्लेषण गर्नुपर्छ, नत्र परिणाम गलत हुन सक्छ। ज्योतीषीले राजनति गर्ने होईन फलादेश गर्ने हो । राजनीति गर्ने भए मन पर्ने पाटीमा लागेर गर्दा हुन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
जसको ग्रह अवस्था कमजोर छ, विशेषगरी राहु, केतु र शनि प्रभावित छन् भने, योग्य ज्योतिषीको सल्लाह लिएर ग्रह शान्ति गर्नु उपयुक्त हुन्छ।ग्रहहरूको प्रभावलाई सन्तुलनमा राख्न संयम, सत्कर्म र सही निर्णय आवश्यक हुन्छ।


















