नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै थापाले कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताएका थिए।
फागनु २१ गते भएको निर्वाचनमा थापासहित कांग्रेसले धेरै ठाउँमा बेहोरेपछि त्यसको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका थिए। तर थापाको राजीनामा केन्द्रीय कार्य समिति बैठकले अवस्वीकृत गरिसकेको छ।
आफ्नो नेतृत्वमा निर्वाचनमा गएको र परिणामको जिम्मेवारी पनि लिनुपर्ने भएकाले आफूले राजीनामा दिएको थापाले स्पष्ट पारे। ‘दबाबमा मेरो राजीनामा दिएको थिएन। यो जवाफदेहीताको विषय हो। मेरो नेतृत्वमा हामी निर्वाचनमा गयौँ। त्यसको परिणामको जिम्मेवारी मैले लिनुपर्छ भनेर राजीनामा बुझाएको हो’, उनले भने।
कांग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भुमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई महत्वपूर्ण ढंगले पूरा गर्नुपर्ने पनि उनले बताएका थिए।


















