प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई हाजिरी जमानीमा छोड्न वरिष्ठ अधिवक्ताहरूले इजलाससँग आग्रह गरेका छन् । सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरूले ओलीको स्वास्थ्यका कारण पनि उनलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।
वरिष्ठ अधिवक्ता टीकारम भट्टराईले ओली पक्राउको प्रक्रिया नमिलेको दाबी गरे । वरिष्ठ अधिवक्ता रमेश बडालले ओलीको पक्राउ पूर्वाग्रही भएको बताए । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, मुक्ति प्रधान, दीनमणि पोखरेल, शेरबहादुर केसीलगायतले ओलीको पक्राउ नै पूर्वाग्रहपूर्ण रहेको दाबी गरेका हुन्।
‘पूर्वप्रधानमन्त्री ओली प्रहरी घेरामा हुनुहन्छ, उहाँ भाग्न सक्ने मान्छे होइन । यसरी बदनिणतपूर्ण ढंगले पक्राउ गर्न मिल्दैन,’ केसीले भने, ‘उहाँलाई २४ घण्टाभित्र हाजिरी जमानीमा छाड्नुपर्छ ।’




















