श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साहले देश र जनतालाई ठग्ने जो कोहीलाई न्यायिक प्रक्रियामा ल्याइने बताएका छन् । प्रतिनिधिसभाको आज आइतबारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
उद्योगी, व्यापारीलाई धमाधम पक्राउ गरिएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सरकारको कदमले अधिकांश उद्योगी, व्यापारी खुसी भएको दाबी पनि गरे ।
‘देश र जनतालाई जसले ठग्छ, कठघरामा आउँछ । न्यायिक प्रक्रियामा जानुपर्छ‚’ उनले भने ।

















