पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ।
यातायात व्यवस्था विभागले मन्त्रालयको सहमतिमा नयाँ दर लागू गरेको जनाएको छ। नेपाल यातायात व्यवसायीका अनुसार यो वृद्धि नभई समायोजन मात्र हो। नयाँ दरअनुसार यात्रुवाहकमा १६.७१%, पहाडी मालवाहकमा २१.६८% र तराई मालवाहकमा १५.७५% भाडा बढाइएको छ।


















