काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्ती खाली गरेसँगै अब काठमाडौँ महानगरपालिकाकै गैरीगाउँ क्षेत्रमा रहेको सुकुमबासी बस्तीमा डोजर जाने भएको छ । महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार आजै त्यहाँ पनि डोजर चलाउने भएको हो ।
थापाथलीमा सुकुमबासी बस्तीमा अस्थायी घर टहरा (बाँस, जस्तापाता) लगायतको भएपनि गैरीगाउँमा पक्की भवनहरु समेत भएकोले जनशक्ति थपेर डोजर चलाउने महानगर प्रहरीले जनाएको छ । थापाथलीमा सडक विभागको २ वटा र महानगरपालिकाको २ वटा गरी ४ वटा डोजरहरू चलेको थियो । पछि थप २ स्क्याभेटर समेत ल्याइएको थियो ।
गैरीगाउँमा १ बजेपछि डोजर चलाउने तयारी भइरहेको नगर प्रहरीले जनाएको छ ।


















