सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान नभत्किने स्पष्ट गरेका छन् । शिक्षामन्त्रीसमेत रहेका पोखरेलले सोमबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै त्रिवि क्रिकेट मैदान नभत्किने स्पष्ट पारेका हुन् ।उनले सोमबार बिहान त्रिविका उपकुलपतिसँग पनि छलफल भएको उल्लेख गर्दै लिज म्याद थपका लागि समन्वय भइरहेको जानकारी दिए।
नेपाल क्रिकेट संघ (क्यान)ले त्रिविको जग्गा लिजमा लिएर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाएको थियो। तर लिज अवधि सकिएको भन्दै त्रिविले जग्गा खाली गर्न भनेपछि मैदान भत्किने हो कि भन्ने चिन्ता सार्वजनिक रूपमा उठेको थियो।तर सरकारको पछिल्लो स्पष्टिकरणसँगै त्रिवि क्रिकेट मैदान यथावत रहने भएको छ।


















