पूर्णबहादुरको ब्रिफिङः कांग्रेसको चुनाव हारको कारण विशेष महाधिवेशन, रास्वपाको जितको आधार

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन नै चुनावमा पार्टी पराजयको मुख्य कारण भएको दाबी गरेका छन् ।
मंगलबार जिल्ला सभापतिसहितको भेलामा बोल्दै उनले पार्टी विभाजित मनस्थितिमा हुँदा चुनावी परिणाम कमजोर आएको बताए ।

खड्काले विशेष महाधिवेशन नभएको भए कांग्रेसले ६० देखि ७० सिटसम्म जित्न सक्ने दाबी पनि गरे।उनलेले रास्वपालाई जिताउनकै लागि कांग्रेसमा भाँडभैलो सृजना गरिएको हुनसक्ने दाबी समेत गरेका छन् ।