साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेर प्रतितोला चार हजार ९१४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















