सरकारले संसद् छलेर दुई अध्यादेश सिफारिस गरेपछि उठेको विवादका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूसँग छलफल गर्ने भएको छ।
मंगलबार राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस भएपछि सरकारको चर्को आलोचना भइरहेका बेला रास्वपाले यस विषयमा धारणा बनाउन अनौपचारिक बैठक बोलाएको हो।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने छलफलमा उपत्यकामा रहेका सांसदहरूलाई सहभागी हुन भनिएको छ।


















