हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन् । साम्पाङले सरकार मानवताविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै सेना र प्रहरीको अत्यधिक प्रयोगले सर्वसाधारणलाई आतंकित बनाइएको बताएका छन्।

सुकुम्बासीको लगत संकलनमा समेत सेना प्रयोग गरिएको भन्दै उनले राज्यले दमनकारी शैली अपनाएको टिप्पणी गरेका छन्। उनले यस्तो गतिविधिले राष्ट्रिय बेइज्जती भएको दाबी गर्दै सरकारले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने बताएका छन्।