गगन थापाले सरकारलाई जनताले दिएको म्यान्डेडअनुसार जिम्मेवारी पूरा गर्न सुझाव दिएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा उनले सरकारको कामकारबाहीले देशलाई सही दिशामा अघि बढाउने संकेत नदेखिएको भन्दै सुधार आवश्यक रहेको बताए ।
उनले केही समय मौन बसे पनि अब मौनता तोडेर सत्य र जिम्मेवारीका विषयमा बोल्नुपर्ने अवस्था आएको धारणा राखे । थापाले नदी किनारामा बस्ने नागरिकलाई व्यवस्थापन गर्दै हटाउने अधिकार कानुनले दिएको भए पनि त्यसलाई मानवता र उचित व्यवस्थापनसहित लागू गर्नुपर्नेमा जोड दिएका छन्।

















