सम्पत्ति शुद्धीकरण कसुरमा बम्जनले पाए सफाइ

सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा फैसला गर्दै बम्जनलाई सफाइ दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गर्दा ठूलो परिमाणमा नगद बरामद भएपछि बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको थियो । त्यसपछि उक्त कसुरमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

तर, अदालतले बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै उनलाई सफाइ दिएको हो । साथै बम्जनमाथि बाल यौन दूराचार तथा मान्छे बेपत्ता पारेको कसुरमा पनि मुद्दा चलाइएको थियो ।