रास्वपाले अनुमोदन गर्‍यो तीन वटा मस्यौदा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धी मस्यौदा अनुमोदन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले तीन वटा मस्यौदा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने प्रावधान राखिएको छ ।

महाधिवेशन कार्यविधि र संसदीय दलको विधानमा केही संशोधन भएको उनले जानकारी दिए । तीन वटै मस्यौदा बैठकमा पेस भएको थियो ।