विश्व बैंकको ५२ मिलियन डलर सहुलियतपूर्ण ऋण र पाँच मिलियन अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकको ५७ मिलियरन डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण र पाँच मिलियन अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले जीटूजी माध्यमबाट भारतसँग ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री केन्द्र लिमिटेडलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।