११ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

११ जना सहसचिवहरूको सरुवा भएको छ । गत सोमबार (२१ वैशाख) मा बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ । जस अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै, सञ्चार मन्त्रालयका सहसचवि आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ । सञ्चार मन्त्रालयकै सहसचिव चन्द्र शाहलाई अर्थ मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका सहसचिव अनिल कुमार दत्तलाई भने सञ्चार मन्त्रालय सरुवा गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सञ्चार मन्त्रालय सरुवा गरिएको छ ।