इजरायली हवाई आक्रमणमा हमासका गाजा प्रमुख तथा वार्ताकार खालिल अल–हय्याका छोरा अज्जाम अल–हय्या गम्भीर घाइते भएका छन् ।
बुधबार गाजापट्टीमा भएका विभिन्न आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको चिकित्सक र हमास स्रोतहरूले जनाएका छन् । गाजा सहरमा भएको एक आक्रमणमा अज्जाम घाइते भएका थिए भने त्यही घटनामा एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।
खालिल अल–हय्या अहिले निर्वासनमा रहेका हमासका गाजा प्रमुख हुन् र उनले गाजाको भविष्यबारे इजरायलसँग भइरहेको अप्रत्यक्ष वार्ताको नेतृत्व गरिरहेका छन्।
यसअघि पनि उनले आफ्ना तीन छोरा गुमाइसकेका छन्—दुई जना २००८ र २०१४ का गाजा युद्धमा र एक जना गत वर्ष दोहामा भएको इजरायली कारबाहीमा मारिएका थिए।


















