नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा संविधानको मर्म विपरीत काम भएको आरोप लगाएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी व्यवस्थाको “धज्जी उडाएको” टिप्पणी गरेका हुन् ।
थापाले संविधानले नै प्रधानमन्त्रीको एकल दबाब रोक्न संवैधानिक परिषद् बनाइएको उल्लेख गर्दै त्यसको उद्देश्य विपरीत अभ्यास भएको दाबी गरे। उनले भने, “संवैधानिक परिषद् प्रधानमन्त्रीको दादागिरी रोक्न बनाइएको हो, तर अहिले त्यसकै पूर्ण उल्लंघन भएको छ।”


















