वर्ल्ड पपुलेसन रिभ्यू को रिपोर्टअनुसार अफगानिस्तान महिलाका लागि विश्वकै सबैभन्दा असुरक्षित देश बनेको छ। ‘पिस एन्ड सेक्युरिटी इन्डेक्स’ सम्बन्धी तथ्यांकले सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तानमा महिला सुरक्षाको अवस्था झन् कमजोर भएको देखाएको हो । महिला सुरक्षाको सन् २०२६ को सूचीमा अफगानिस्तान ०.२७९ स्कोरसहित अन्तिम स्थानमा रहेको छ भने यमन दोस्रो स्थानमा छ। त्यसपछि मध्य अफ्रिकी गणतन्त्र, सिरिया र कंगो लोकतान्त्रिक गणतन्त्र रहेका छन्।
विज्ञहरूका अनुसार यो सूचीले द्वन्द्व, विस्थापन र असुरक्षाबीच जीवन बिताइरहेका लाखौँ महिलाको वास्तविक अवस्था झल्काउँछ। रिपोर्टअनुसार नेपाल को अवस्था युद्धग्रस्त देशहरूको तुलनामा राम्रो रहेको छ। सूचीमा नेपाल १२०औँ स्थानमा रहेको छ भने नेपालको स्कोर ०.६४४ बाट घटेर ०.६३१ पुगेको उल्लेख गरिएको छ।


















