ट्रम्प र सीबिच पश्चिम एसिया र युक्रेन युद्धबारे छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बिहीबार भएको उच्चस्तरीय वार्तामा पश्चिम एसियाको अवस्था र युक्रेन युद्धबारे छलफल भएको छ ।

चीन भ्रमणका क्रममा दुई नेताका बिचमा यी विषयमा छलफल भएको स्रोतले जनाएको छ । दुई नेताले पश्चिम एसियाको परिस्थिति लगायत प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गरे ।

साथै रुस-युक्रेन युद्धबारे पनि उनीहरूबिच कुराकानी भएको बताइएको छ । विशेषगरी अमेरिका–इजरायल र इरानबिच जारी तनाव तथा युद्धबारे यो भेटघाट महत्त्वपूर्ण मानिएको छ । चीन इरानको निकट सहयोगी राष्ट्र हो । उ इरानी तेलको मुख्य खरिदकर्ता पनि हो ।