चिनिया सरकार बिरुद्ध पश्चिमा शक्रिको समर्थनमा धर्मशालामा समानान्तर सरकारको रुपमा कार्यरत तिब्बती समुहभित्र विद्रोहको शुरुवात भएको छ । प्रजातन्त्र, मानवअधिकार लगायतका नाममा सदैव चीन सरकारको बिरुद्दमा प्रयोग हुने यो समुह अन्नत आफैंभित्र प्रजातन्त्रको मागले फूटको संघारमा आईपुगेको छ । प्रसङ्ग भर्खरै सम्पन्न निर्वासित समुदायको निर्वाचन हो । यो निर्वाचनले नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायभित्र विवाद चर्किएको छ । केन्द्रीय तिब्बती प्रशासनअन्तर्गत भएको पछिल्लो निर्वाचन प्रक्रियालाई लिएर तिब्बती समुदाय दुई धारमा देखिएका छन् । जसले उक्त समुहलाई विभाजनको संघारमा पुर्याएको छ । नेपालमा जेनजी आन्दोलनपछि दलाई लामाका नेपाल प्रतिनिधि नावाङ थोकडुकले नेपाली नागरिकता लिएको विषय सार्वजनिक भएपछि उनी भारततर्फ भागेका थिए ।त्यसपछि नेपालस्थित प्रतिनिधि कार्यालयको नेतृत्व सम्हालेका सचिव कर्मा ग्यालत्सेनले निर्वाचन कार्य समालेका थिए । तिब्बती समुदायको नेतृत्व चयन नेपाल सरकारले तिब्बती गतिविधिमाथि कडा निगरानी र नियन्त्रण कायम राखेकाले यस वर्ष खुला रूपमा निर्वाचन सञ्चालन गर्न नसकिएकोले गोप्य ढंगले गरिएको थियो ।
नेपाल प्रतिनिधि कार्यालयका सचिव कर्मा ग्यालत्सेनले देशभर रहेका तिब्बती क्याम्प प्रमुखहरूलाई आफ्ना—आफ्नै बस्तीभित्र सीमित रूपमा मतदान गराएर नतिजा पठाउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार विभिन्न तिब्बती बस्तीमा गोप्य रूपमा मतदान सम्पन्न गरिएको थियो । प्राप्त परिणाम धर्मशालास्थित तिब्बती प्रशासनलाई पठाइएको र धर्मशालाले त्यसलाई स्वीकारसमेत गरेको स्रोतको दाबी छ । तर विवाद दोस्रो चरणको निर्वाचनमा बौद्ध र जोरपाटीस्थित तिब्बती बस्तीका मतदातालाई दोस्रो चरणको मतदानमा सहभागी हुन नदिएपछि बिवाद चर्किएको हो । मतदानबाट बञ्चित बौद्ध र जोरपाटी केन्द्रमा निर्वाचनको अधिल्लो दिनसम्म पनि मतपेटिका नपुर्याइएकोले धांधलीको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।
पहिलो चरणको निर्वाचनलाई मान्ने अनि अन्तिम चरणको निर्वाचनको मुखमा आएर धांधली भयो भनेर हामीलाई निर्वाचनमा भाग लिन नदिने यस्तो पनि हुन्छ ? बौद्ध क्याम्पमा बस्दै आएका पासाङ नोडुले भने, यस्तै हो भने हामी धर्मशालालाई मान्दैनौ कि त हामीलाई निर्वाचनमा भाग लिने बातावरण होस् हामीले प्रतिनिधी छान्न नपाउने हो भने तिब्बतीयन सरकारलाई पनि मान्दैनौं, उनले भने ।
स्रोतका अनुसार पहिलो चरणको मतदानमा पेन्पा छिरिङ पक्षमा अत्याधिक मत खसेपछि बौद्ध बस्तीका मतदातालाई दोस्रो चरणबाट बाहिर राखिएको आशंका गरिएको छ । त्यसपछि बौद्ध क्याम्पमा असन्तुष्टि तीव्र बनेको हो । पेन्पा छिरिङ संस्थापन र पश्चिमा समर्थन प्राप्त व्यक्ति मानिन्छ ।
हाल बौद्ध क्याम्पमा ४ हजार ८४६ जना तिब्बती बसोबास गर्द आएका छन् । उनीहरूले आफूहरूलाई योजनाबद्ध रूपमा मतदान अधिकारबाट वञ्चित गरिएको आरोप लगाएका छन् । निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले लाजिम्पाटस्थित निर्वासित तिब्बती सरकारको नेपाल प्रतिनिधि कार्यालयमा पुगेर विरोधपत्र बुझाएका थिए, तर त्यसबारे कुनै सुनुवाइ नभएपछि आन्दोलनको दोस्रो चरण सुरु गरिएको बताइएको छ्र । यसैबीच निर्वाचन बदरको माग गर्दै धर्मशालास्थित तिब्बती अदालतमा मुद्दा दायर गरिएको स्रोतको दाबी छ । जोरपाटीमा बसोबास गर्ने लोबसाङ नामका एक तिब्बती अधिकारी धर्मशाला पुगेर उजुरी दर्ता गरेका हुन् । उजुरीमा बौद्ध र जोरपाटीका४ हजार ८४६ जना तिब्बतीहरूलाई पुन: मतदानको माग गरिएको बताइन्छ्र । उनीहरुले मतदान अधिकारबाट वञ्चित गरिए धर्मशालासँग सम्बन्ध विच्छेद गर्ने, दलाई लामा तथा तिव्बती सरकारलाई मान्यता नदिने र तिब्बती प्रशासनद्वारा जारी ‘ग्रीन बुक’ फिर्ता गर्ने चेतावनी दिएका छन् । यस्तो प्रकृतिको कडा विरोध पहिलोपटक सार्वजनिक रुपमा उठेको दाबी गरिएको छ । यदि यो विवाद बढ्दै गएमा यसले निवार्सित तिब्बती सरकारको विरुद्दमा समानान्तर समुह सक्रिय बन्ने आंकलन गरिएको छ ।
निर्वाचनको पहिलो चरण फेब्रुअरी १मा सम्पन्न आएको थियो भने दोस्रो चरण अप्रिल २६ मा भएको बताइएको छ । पहिलो चरणदेखि नै धाँधलीको आरोप लाग्दै आएको थियो । दोस्रो चरणमा प्रत्यक्ष सहभागितामै रोक लगाएिपछि विवाद थप गहिरिएको बताइन्छ । यस घटनाक्रमलाई लिएर नेपाल स्थित अमेरिकी दूतावासले समेत चासो देखाएको स्रोतको दाबी छ । दूतावासले दलाई लामाको नेपाल प्रतिनिधि कार्यालयसँग “किन केही वस्तीलाई निर्वाचनमा सहभागी हुन दिइएन” भन्ने विषयमा स्पष्टीकरण मागेको बताइएको छ । घटनाबारे दूतावासले आफनै स्तरमा अनुसन्धानसमेत थालेको बताइएको छ ।
उता धर्मशालाभित्र पनि पछिल्लो समय विवादहरू बढिरहेका छन् । केहीं समयअधि दलाई लामाका भतिज तेन्जिन ताक्लासम्बन्धी विवाद सार्वजनिक भएको थियो। धर्मशाला प्रशासन र लामाको सचिवालयभित्रै ताक्लालाई लिएर मतभेद देखिएको समाचार बाहिर आएको थियो । शुरा सुन्दरी, मदिरा र भष्टाचारसम्बन्धी आरोपमा मुछिएका ताक्लालाई जोगाउने कि कारबाही गर्ने भन्ने विषयमा धर्मशाला दुविधामा परेको चर्चा चलेको थियो ।
नेपालस्थित तिब्बती समुदायमा पछिल्लो निर्वाचन विवादले धर्मशालाप्रतिको विश्वासमै प्रश्न उठाएको विश्लेषण गरिएको छ । लामो समयदेखि संगठित रूपमा रहेको तिब्बती समुदाय अहिले स्पष्ट रूपमा विभाजित बनेका छन् । अरुको आङमा जुम्रा देख्ने र मानव अधिकार तथा निर्वाचनमा मताधिकारको राग अलापेर नथाक्ने पश्चिमा जगत धर्मशालाको आङको भैसी देखिरहेको छैन् र निर्वाचनमा ठुलो समुहलाई पाखा लगाएर गरिएको निर्वाचन कसरी स्वच्छ र स्वतन्त्र हुन सक्दछ ? भन्ने विश्लेषक माझ छलफल चलिरहेको छ ।




















