आइतबार चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन गरिँदै

पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने भएको छ। जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोर्‍याएर विरोध र्‍याली आयोजना गर्न लागेको हो।

आइतबार अपराह्न ४ः३० बजे चितवनको चौबिसकोठीबाट सुरु हुने उक्त र्‍याली लायन्स चोकसम्म पुग्नेछ।