सुदन गुरुङमाथिको छानबिन सकियो, प्रतिवेदन लेख्न ५ दिन माग

पूर्व गृहमन्त्री सुदन गुरुङबारे छानबिन गर्न गठित समितिले छानबिनको काम सकाएको छ ।

तर, प्रतिवेदन लेख्न बाँकी रहेको भन्दै पाँच दिनको समय मागेको छ । समितिले म्याद थप गर्न हिजो मात्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।

समितिले यसअघि नै कार्यालयलाई थप समय आवश्यक रहेको मौखिक रूपमा जानकारी गराएको थियो। समितिले गुरुङसँग बयान लिइसकेको छ।