युक्रेनभर रुसको भीषण आक्रमण: कम्तीमा नौ जनाको मृत्यु, दर्जनौँ घाइते

रुसले मंगलबार रातभर युक्रेनका विभिन्न सहरहरूमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

मध्य युक्रेनको ड्निप्रो सहरमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । राजधानी किभमा चार जनाको ज्यान गएको छ र कम्तीमा ५१ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३५ जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।