राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा भव्य स्वागत गरिएको छ । पाँचदिने भ्रमणका लागि भारत पुगेका रविलाई नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा केहीबेरअघि भव्य स्वागत गरिएको हो । रविलाई बाजागाजासहित भाजपा अध्यक्ष नितिन नवीनलगायत नेताहरूले स्वागत गरेका हुन् ।
भव्य स्वागतपछि रविले अध्यक्ष नवीनसहित भाजपा नेताहरूसँग भेटवार्ता सुरु गरेका छन् ।

















