नेकपा एमालेले संसदीय समितिको बैठक बहिस्कार गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक एमालेले बहिस्कार गरेको हो ।
सदनमा हामीले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छौँ । सदनमा विरोध रहँदासम्म समिति बैठकमा जाँदैनौँ,” एमालेले भन्यो। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।

















