नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको जिकिर गरेका छन् । उनले वर्तमान सरकारले नयाँ र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको भन्दै खाली आफू र पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताए ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिन आयोग बनाएर राज्यले छानिछानि फसाउन खोजेको बताए । यस्ता अयाोगलाई आफूले नमान्ने र बयान पनि नदिने बताए । ‘अरुले बयान दिएपनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन। यो पूर्वाग्रहको पोको हो,’ उनले भने ।
यस्ता क्रियाकलापमा राज्यलदाई नजान पनि उनले चेतावनी दिए । उनले प्रतिशोधन नभई संवैधानिक क्रियाकलापमा लाग्न समेत सरकारलाई सुझाव दिए ।

















