जान्नेलाई छान्ने नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा उदाएका दलहरूले अघि सारेको ‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप भएको आरोप लगाएका छन्।

बुधबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले नयाँ भनिएका दलहरूको वास्तविकता क्रमशः उजागर भइरहेको दाबी गरे।

उनले रास्वपा तथा सरकारको कार्यशैलीप्रति लक्षित गर्दै देशविरुद्धका गतिविधिलाई सामान्य ठान्ने र राज्यविरुद्धका अपराधलाई बहादुरी मान्ने प्रवृत्ति बढिरहेको टिप्पणी गरेका छन्।