अमेरिकामा मे महिनामा उपभोक्ता मुद्रास्फीति वार्षिक रूपमा ४.२ प्रतिशत पुगेको छ, जुन पछिल्लो तीन वर्षयताकै उच्च वृद्धि हो। अप्रिलमा यो दर ३.८ प्रतिशत थियो।महँगी बढेको तथ्यांक सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले चर्चा पाएको छ।
ह्वाइट हाउसको एक कार्यक्रममा उनले तथ्यांक उत्कृष्ट रहेको भन्दै “मलाई मुद्रास्फीति मन पर्छ” भनेका छन्।


















