करिब ७ सय ७५ किलो गाँजा सहित ट्रक चालक पक्राउ

साँगुरीगढी गाउँपालिका-६ कोलबोटेबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ७५ किलोग्राम सहित पाख्रीबास नगरपालिका-१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परिक्षण कुँवरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ४६३५ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको ढाला भित्र प्लास्टिकमा सेतो टेपले प्याक गरेको २५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परिक्षणलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।