भारतीय सुरक्षाकर्मीबाट सास्ती भोगिरहेको भन्दै सुस्तावासीहरू लालपुर्जा र नेपाली नागरिकताको मागसहित काठमाडौं आइपुगेका छन् ।
उनीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आजदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गर्ने भएका छन्।



















