सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको स्वागत गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ ।
महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले मंगलबार जारी गरेको विज्ञप्तिमा इन्धनको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारी साधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनुपर्ने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा इन्धनको मूल्य बढ्दा भाडा वृद्धि गर्ने निर्णय हुने तर मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको जनाइएको छ ।



















