प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान भइरहेको छ:आङदेम्बे

प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता आङदेम्बेले सरकारको कार्यशैली सहकार्यभन्दा पनि टकरावको सृजना गर्ने खालको भएको बताएका हुन् ।

सय दिनमा सरकारको कार्यशैली संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयमा आधारित छ,’आङदेम्बेले भने, ‘प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान भइरहेको छ ।’